Logo

प्रमुख समाचार

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगन



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको छ।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसमा वैशाख १७ गतेका लागि बैठक आह्वान गरेको थियो।

मन्त्रिपरिषद्को आजको सिफारिसबमोजिम विशेष कारणबशः दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार २१:४१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।