Logo

प्रमुख समाचार

शेखर गोल्छामाथि अनुसन्धान गर्न चार दिन म्याद थपियाे



काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका गोल्छालाई बिहीबार नक्साल क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो।

उनीमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार १८:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।