Logo

प्रमुख समाचार

बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने



काठमाडौं ।२५७०औँ बुद्धजयन्ती का अवसरमा १८ वैशाखमा लुम्बिनी मा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह जाने भएका छन् ।

लुम्बिनी विकास कोष का अनुसार प्रधानमन्त्री शाहले कार्यक्रममा सहभागी भई पूजाआजामा सहभागी हुनेछन् ।

यद्यपि, यसपटक औपचारिक सम्बोधनको कार्यक्रम नराखिएको कोषले जनाएको छ ।

अघिल्ला वर्षहरूमा राष्ट्र वा सरकार प्रमुखले समारोहलाई सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष उक्त अभ्यासलाई निरन्तरता दिइएको छैन ।

कोषका सूचना अधिकृत राजन बस्नेत का अनुसार प्रधानमन्त्रीको कार्यतालिका पूजामा सहभागितासम्म सीमित रहनेछ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष खड्कराज पौडेल र रुपन्देही–५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खान लगायतको उपस्थिति रहनेछ ।

बिहान ५ बजे सुरु हुने कार्यक्रम करिब ६ बजेसम्म सम्पन्न गर्ने तयारी छ ।

कोषको संरक्षकका रूपमा प्रधानमन्त्री रहने कानुनी व्यवस्थाअनुसार उनको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ०८:१२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।