Logo

प्रमुख समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय



काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यस्तै, बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको समेत बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार १५:४०   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।