Logo

राजनीति

टीयूको जग्गा पनि सुकुम्बासीको कब्जामा !



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वामित्वमा रहेको जग्गामा विभिन्न सङ्घसंस्थासँगै सुकुम्बासीले समेत अनधिकृत रूपमा अतिक्रमण गरेको पाइएको छ ।

त्रिविले गठन गरेको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समिति’ को प्रतिवेदनअनुसार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरभित्र बागमती नदी किनार आसपासको जग्गामा सुकुम्बासी बस्ती विस्तार हुँदै अतिक्रमण भएको उल्लेख छ ।

समितिले अतिक्रमणको अवस्था गम्भीर देखिए पनि आवश्यक तथ्याङ्क, कागजात तथा प्रमाण संकलनमा कठिनाइ भएको जनाएको छ ।

साथै, समय अभाव र सम्बन्धित पक्षको अपेक्षित सहयोग नपुगेकाले कति क्षेत्रफल जग्गा अतिक्रमण भएको हो भन्नेबारे स्पष्ट निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

यस विषयमा थप विस्तृत र गम्भीर छानबिन आवश्यक रहेको निष्कर्ष निकाल्दै समितिले सरकारले वा विश्वविद्यालय प्रशासनले अधिकार सम्पन्न छुट्टै निकाय गठन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार २०:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।