Logo

राजनीति

देउवा पक्षको भेलामा १५ औं महाधिवेशन र पार्टी एकताका विषयमा छलफल भइरहेको छ : नेताहरु



काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षका नेताहरुले अलग्गै भेला आयोजना गरेका छन् । देउवा पक्षको विस्तारित भेलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

भेलाका विषयमा जानकारी दिंदै नेता कुन्दनराज काफ्लेले देशको तमाम परिस्थिति, निर्वाचनपछि कांग्रेसको अवस्था र त्यसको समीक्षा, सर्वोच्च अदालतको पछिल्लो फैसला, भावी योजनालगायतका विषयमा छलफल भइरहेको बताए ।

राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने विषयमा भइरहेको चर्चालाई नियमित प्रक्रियाको रुपमा व्याख्या गरे ।

अर्का नेता मीनबहादुर विश्वकर्माले विस्तारित भेला पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने मुख्य उद्देश्यसहित अगाडि बढेको बताए । उनले निर्वाचनको समीक्षा, पराजयका कारणहरूको खोजी र १५औँ महाधिवेशनबारे छलफल भइरहेको पनि बताए।

उनले भने, ‘नियमित महाधिवेशन वैशाख मसान्तमा तोकिएको थियो। त्यो समय पनि आइसकेको छ, त्यसका बारेमा के गर्ने र पार्टीलाई निर्वाचन आयोग र अदालतले वैधानिकता अद्यावधिक गरेर गगन थापा नेतृत्वको कांग्रेसलाई कार्यसमितिलाई वैधानिकता दिइसकेपछि बाँकी साथीहरू अब कसरी पार्टी एकताका लागि क्रियाशील बनाउने, उहाँहरूलाई परिचालित कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ।’

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलवार १८:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।