काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेको कांग्रेसले जनाएको छ ।
यसअघि राष्ट्रियसभा दलको नेतामा कृष्ण सिटौला थिए ।
कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।
सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् ।




















प्रतिक्रिया