Logo

अर्थ

सेयर बजारमा २५.८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडमाथिको कारोबार



काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५.८१ अंकले घटेर २,७४४ को विन्दुमा कायम भएको छ ।

आज ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले १३.८१ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ११ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १५:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।