काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू राजनीतिमा जीवनी लेख्न नभई इतिहास लेख्ने यात्रामा होमिएको बताएका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कसैलाई लाग्ला, पार्टी सभापति बन्न, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यमा लागेर हिँडेको भन्ने लाग्छ भने त्यो भ्रम मात्र हो’, सभापति लामिछानेले भने, ‘म जीवनी लेख्न हिँडेको होइन, इन्ट्रेस्ट पनि छैन, बरु इतिहास लेख्न हिँडेको हो ।’
सभापति लामिछानेले जीवनी लेख्ने यात्रामा नलाग्न पार्टीका सांसदहरूलाई पनि सुझाव दिए ।
रास्वपाले निर्वाचनमा पाएको मत इतिहास लेख्ने अध्यायको सुरुवात भएको भन्दै उनले पुराना राजनीतिक दलहरूको तुलनामा रास्वपा सजिलो सङ्घर्षबाट उदाएको बताए। उनले भने,‘तर मुलुकमा राजनीतिक परिवर्तनका हिसाबले खनिएको पुराना दलहरूले जस्तो दुख तपाई हामीले अहिले पनि गर्नुपरेन र भोली पनि गर्नुपर्दैन’ ।
सभापति लामिछानेले अब पाँच वर्ष पार्टीले काम गर्नुपर्ने बताए ।





















प्रतिक्रिया