Logo

प्रमुख समाचार

सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गर्ने घोषणा



काठमाडौं । सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने छ’ राष्ट्रपतिले भनेका छन् ।

नेपाल सरकारले सन्तुलित कूटनीति अपनाउने उल्लेख गरे । छिमेकी र मित्र राष्ट्रहरूसँग बहुपक्षियताको आधारमा सम्बन्ध हुने उल्लेख गरेका छन् ।

राष्ट्रपतिले विदेशस्थित नियोग मार्फत ब्रान्ड नेपाल अभियान चलाउने उल्लेख छ । पर्यटन पूर्वाधारमा विदेशी लगानी ल्याइउने पनि उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १७:३८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।