Logo

राजनीति

प्रकाश अधिकारी प्रतिनिधिसभाको सचिवमा नियुक्त



काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो ।

अधिकारी खाँदबारी नगरपालिका– ३ संखुवासभाका हुन् । निजामती सेवामा २४ वर्षको अनुभव भएका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १७:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।