काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले निजी क्षेत्रलाई सरकारले प्रहरी लगाएर धरपकड गरेको भन्दै विरोध जनाएका छन्।
बिहीबार कांग्रेस नीति तथा प्रशिक्षण विभागले पोखरामा आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै सभापति थापाले अर्थतन्त्र जर्जर बनेको बेला सरकारले यस्तो व्यवहार शोभनीय नभएको बताए।
उनले भने, ‘मन्त्रीलाई निजी क्षेत्रको मान्छेसँग कुरा गर्न मन लाग्यो भने प्रहरी लगाएर उठाएर ल्याइदिने? जसलाई मन लाग्यो त्यसलाई उठाइदिने? यही तरिकाले निजी क्षेत्रसँग सरकारले जुन व्यवहार गरेको छ।
त्यसै पनि हाम्रो अर्थतन्त्र जर्जर भएको छ। तर राज्यले यसरी सनकको आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ।’
कानुन बमोजिम दण्ड पाउने विषयमा कांग्रेसले कतै अवरोध सिर्जना नगर्ने उल्लेख गर्दै उनले व्यवसायीमाथि नराम्रो व्यवहार नगर्न आग्रह गरे।





















प्रतिक्रिया