Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत



काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्।

पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

श्रेष्ठ यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष थिए।

पूर्वराज्यमन्त्री समेत रहेका श्रेष्ठ शिक्षा र कृषि क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा परिचित छन् ।

उनी २०७८ सालको १४औँ महाधिवेशनबाट जनजाति क्लस्टर अन्तर्गत केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार १९:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।