Logo

प्रमुख समाचार

एमालेको सचिवालय बैठक आज : नेताहरुको कार्यविभाजन मुख्य एजेण्डा



काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउसो १ बजे बैठक बस्ज लागेको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।
अस्ती जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो ।

११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।

एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ ।

यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।

आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समिक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ति पदाधिकारीले जानकारी दिए ।

आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी,उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार ०७:४१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।