Logo

राजनीति

सर्वोच्च पुग्यो शेरबहादुर देउवाविरुद्धको पक्राउ अनुमति विवाद



काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ।

सर्वोच्च अदालतमा देउवाले आफूलाई बिनाकारण पक्राउ पुर्जी जारी गरिएको भन्दै रिट दायर गरेका थिए । यस विषयमा आगामी सोमबार छलफल हुने भएको छ ।

मङ्गलबार प्रारम्भिक सुनुवाइमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छलफलमा झिकाउन आदेश दिएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १९:१२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।