Logo

प्रमुख समाचार

गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई अनुरोध गर्दै पत्र



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले समारोहमा सम्बोधन गर्न अनुरोध गर्दै राष्ट्रपतिलाई पत्राचार गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई टुँडिखेलबाट सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट चिठी पठाइएको बुझिएको छ । यसबारे सिंहदरबारले कुनै आधिकारिक धारणा बाहिर नल्याए पनि प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले यसबारे राष्ट्रपतिसमक्ष पत्राचार भइसकेको बताइन् ।

 

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १२:४८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।