Logo

राजनीति

देशको झण्डा ओढेर देश जलाउने देशद्रोही होइनन्, संरक्षणकारी हुन्: रास्वपा सांसद बानु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्साना बानुले संसदमा दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारी संरचनामा आगजनीमा संलग्न भनिएका ‘जेनजी’ समूहलाई देशद्रोही नभई “देशको संरक्षण गर्ने परिवर्तनकारी”को संज्ञा दिएकी छन्।

सदनमा बोल्दै उनले भनिन्, “देशको झण्डा ओढेर देश जलाउने देशद्रोही होइनन्, बरु देशलाई भित्रभित्रै खोक्रो बनाउने धमिरालाई नष्ट गर्न टर्मिटी टाइटको भूमिका निर्वाह गरेका मुलुकका संरक्षणकारी हुन्।”

भदौ २४ गते सिंहदरबारसहित विभिन्न सरकारी तथा सार्वजनिक संरचनामा आगजनी भएको घटनामाथि अनुसन्धान जारी रहेको छ। घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू हिरासतमा रहेका छन्।

उक्त छानबिनप्रति असन्तुष्टि जनाउँदै सांसद बानुले ०८४ को चुनाव ०८२ मै गराएर देशलाई निकास दिन खोज्ने युवाहरू आठ महिनादेखि जेलमा रहेको दाबी गरिन्। उनका अनुसार तीमध्ये धेरैजसो विद्यार्थी तथा परिवारको जिम्मेवारी बोकेका युवाहरू रहेका छन्।

उनले प्रश्न गरिन्, “३७ वर्षदेखि देशलाई खोक्रो बनाउने धमिराविरुद्ध लडेर देशको संरक्षण गर्नु के उनीहरूको गल्ती हो र?”

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १३:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।