Logo

राजनीति

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



बुटवल । लुम्बिनी प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइने कार्यसूची रहेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गनेछन् ।

त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेयसैगरी, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनेछन् ।

त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।को छ ।प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिनेछन् ।

यसैगरी, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनेछन् ।

त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू पनि प्रदेश सभामा पेस गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार ०७:४२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।