Logo

प्रमुख समाचार

उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच समायोजन



काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ  शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दर्विराम परियारले हस्ताक्षर गरेका छन् ।

दुवै पक्षबीच पूर्ण एकता कामय गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाइने सहमति दुवै पक्षबीच भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १२:३१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।