Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षीको नाराबाजीपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभा नियमावली समितिमा लैजानुपर्ने माग विपक्षीको छ । नियमावली समितिका सभापति गणेश पराजुलीले जवाफ दिएपछि सभामुखले संशोधन निर्णयार्थ सुनाउन थालेका थिए।

त्यसपछि विपक्षी सांसदले वेलमा पुगेर सभामुखविरुद्ध नाराबाजी गरेका हुन्।

सदनमा सांसदहरूबीच धकेलाधकेल भएको छ । सांसद सभामुखको आसनमा नै चढ्न खोजेपछि बैैठक १५ मिनेटका लागि रोकिएको हो।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार २०:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।