Logo

राजनीति

विपक्षीलाई पेलेर संसद्को नियमावली पारित गर्दै सभामुख अर्याल



काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको विरोधका बाबजुद पनि प्रतिनिधिसभाको नियमावली पारित गर्ने प्रक्रिया अघि बढाएका छन्।

नियमावलीमा रहेका केही प्रावधानप्रति असहमति राख्दै विपक्षी दलहरूले पुनः समितिमै फिर्ता लगेर छलफल गर्नुपर्ने माग राखे पनि सभामुखले त्यसलाई अस्वीकार गर्दै अघि बढेका हुन्।

सांसदलाई संविधान र कानुनविपरीत विशेषाधिकार दिने प्रस्ताव मस्यौदा नियमावलीको नियम २५९ मा गरिएको छ। त्योसहितका प्रावधान हटाउनुपर्ने संशोधन विपक्षी दलहरुले राखेका छन् भने आइतबारको छलफलका क्रममा पनि त्यसलाई हटाउनुपर्ने धाराणा राखेका थिए।

तर, सभामुख अर्यालले पेलेर अघि बढ्न खोजेपछि विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले वेलमा गएर नाराबाजी गरिरहेका छन्। वेल घेराउ र नाराबाजीका बीच पनि नियमावलीमाथि आएका संशोधनलाई निर्णयर्था पेश गरिरहेका छन्।

अहिलेसम्म संसद्को नियमावली सर्वसहमतिले पारित गर्ने संसदीय परम्परालाई तोड्दै सभामुख अर्याल रास्वपाको बहुमतका आधारमा अघि बढेका हुन्।

नियमावलीअनुसार नै सदन अघि बढ्ने भएकाले सबै दलको स्वामित्व लिने गरी सर्वसहमतिले पारित गर्ने परम्परा भए पनि अर्याल पेलेर अघि बढेका हुन्।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार २०:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।