काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशन तयारीका लागि मूल आयोजक समिति गठन गरेको छ। उक्त समितिको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गरेका छन्।
पार्टीले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
गठित मूल आयोजक समितिमा केन्द्रीय तहका नेताहरू तथा प्रदेश सभापतिहरू सदस्यका रूपमा समावेश छन्। समितिमा डा.स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी र बसुमाया तामाङ लगायतका नेताहरू रहेका छन्।
त्यस्तै, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल पनि समितिका सदस्य छन्।
यसका अतिरिक्त, पार्टीका सबै केन्द्रीय समिति सदस्य तथा सबै प्रदेश सभापतिहरू पनि महाधिवेशन मूल आयोजक समितिमा समेटिएका छन्।




















प्रतिक्रिया