काठमाडौं । संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी गराए ।
उनले भने, ‘सदनमा अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानी नोक्सानी एवम् क्षति पुर्याउने कार्य समेत रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेको छ ।’
सात दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश भएपछि कारबाही हुनसक्ने बताए । समितिमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको बताए।




















प्रतिक्रिया