Logo

समाचार

नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा



काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै समाप्त हुने गरी दरबारभित्र गोलीकाण्ड भएको थियो।

उक्त घटनामा राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। यो घटना आजसम्म पनि रहस्यमय रहँदै आएको छ।

तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रलाई घटनाका लागि जिम्मेवार ठहर गरेको भए पनि सो निष्कर्षलाई धेरैले स्वीकार गरेका छैनन्। विभिन्न सरकारहरू परिवर्तन भए पनि घटनाको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार १०:०६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।