Logo

राजनीति

रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् ।

पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौँ निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको बारेमा औपचारिक जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार १३:४०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।