Logo

राजनीति

पार्टी सदस्यता नविकरण कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्नेछ: अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नविकरण तथा बिस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

आजबाट काठमाडौंमा सुरु भएको सदस्यता नविकरण विस्तार उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भेलामा सहभागीहरुलाई पार्टीभित्र भएका कतिपय अन्यौलता र भ्रमहरु चिर्ने र नयाँ विश्वास र नयाँ जोश र नयाँ जागरका साथ कार्यक्षेत्रमा पठाउने बताए ।

भेलामा पार्टीका जिल्ला अध्यक्ष र सचिव, प्रदेशका पदाधिकारी तथा इन्चार्जहरु, पार्टीको संगठन विभाग र सबै जनसंगठनका अध्यक्षहरु सहभागी छन् । पार्टीको संगठन विभागले आयोजना गरेको कार्यशाला आज र भोली सञ्चालन हुनेछ । कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १२:४२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।