काठमाडौ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमको निरीक्षण तथा अनुगमन गरेकी छन्।
निगमको समग्र अवस्था र सेवा प्रवाहको प्रभावकारिता बुझ्न मन्त्री यादव बुधबार निगमको केन्द्रीय कार्यालय पुगेकी हुन्।
निरीक्षणका क्रममा मन्त्री यादवले निगमको वर्तमान इन्धन आपूर्ति अवस्था, भण्डारण क्षमता र सञ्चालन व्यवस्थापनबारे जानकारी लिइन्।
उनले उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन र भण्डारण क्षमता विस्तारका योजनालाई प्राथमिकता दिन निर्देशन दिइन्।
सो अवसरमा मन्त्री यादवले निगमका उच्च पदाधिकारीहरूसँग छलफल गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइन्।
छलफलका क्रममा निगमको वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजनाबारे पदाधिकारीहरूले मन्त्रीलाई ब्रिफिङ गरेका थिए।




















प्रतिक्रिया