Logo

sports

महिला प्रिमियर कपः नेपालको विजयी सुरुवात



काठमाडौं। नेपालले एसियन क्रिकेट काउन्सिल महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।

मलेसियाको मान्टिनमा बुधबार आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्यो। कतारले दिएको ७७ रनको मध्ष्यम लक्ष्य नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितको जितमा बिन्दु रावलले ३३ र पूजा महतोले नटआउट २८ रन बनाइन्।

यसअघि पहिला ब्याटिङ गरेको कतार १६.५ ओभरमा मात्र ७६ रनमा अलआउट भएको थियो। कतारका लागि गेट्रुड चान्दिरुले २५ र आयसाले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर, रिया शर्मा र पूजा महतोले समान एक विकेट लिए।

समूह डीमा नेपाल र कतारसहित हङकङ र भुटान छन्। नेपालले बिहीबार (भोलि) भुटानसँग र शनिबार हङकङसँग खेल्नेछ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार २०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।