Logo

अर्थ

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणअन्तर्गत गत चैत ८ गतेदेखि २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको थियो।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत जारी गरेको लागेको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहीबार १०:५३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।