काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य ताेलामा २ सय रुपैयाँले खस्किएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको कारोबार प्रतितोला २ लाख ११ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य २ लाख ११ हजार ३ सय रुपैयाँ कायम थियो ।
चाँदीको मूल्यको पनि आज घटेको छ । चाँदी ८५ रुपैयाँले सस्तिदै प्रतितोला ५ हजार २८५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया