Logo

अर्थ

आर्थिक विधेयकका ५ त्रुटि सच्याइयो, अर्थमन्त्री वाग्लेले संसदलाई गराए जानकारी



काठमाडाैं । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आर्थिक विधेयकमा भएका विभिन्न ५ वटा त्रुटिलाई सच्चाएका छन् ।  उनले १५ जेठमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै जारी गरेको आर्थिक विधेयक २०८३ मा भएका त्रुटिलाई सच्याएर संसदमा सचिवालयमा दर्ता गराएका हुन् ।

उनले सार्वजनिक गरेको आर्थिक विधेयकमा त्रुटि फेला परेपछि अर्थ मन्त्रालयले नै एक पछि अर्को गर्दै चार पटकसम्म सच्चाएर वेबसाइटमा प्रकाशन गरेको छ ।

अर्थ मन्त्रालयले संसदमा पछि बुझाएको विषयहरुमा आर्थिक विधेयकको दफ ११को उपदफा २ मा, अनुसूची ४ मा छुटेको प्रकारण ५, दफा ५५ को उपदफा १०को अनुसूची १ को समूह २ को भन्सार उपशीर्षक रहेको छ ।

आर्थिक विधेयकको दफा ५७ कै उपदफा ५ को खण्ड ‘क’ पछि ‘ख’ थप गरिएको, दफा ५८ को उपदफा ५ मा भएको अनुसूची३ को भन्सार उपशीर्षकमा संशोधन भएको छ ।

ऊर्जा उत्पादकले नेपाल विद्युत प्राधिकरणलाई भ्याट बिल काट्न नपाउने व्यवस्था समेत राखिएको छ । महानगर र उपमहानगर बाहेक क्षेत्रमा फिल्म हललाई १० वर्षसम्म आयकर नलाग्ने व्यवस्था थप भएको छ । शिक्षा सम्बन्धी शुल्ककोह मा भएको खर्चमध्ये २५ प्रतिशत वा २५ हजार रूपैयाँ जुन घटी हुन्छ, त्यो रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था समेत रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १३:१०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।