Logo

राजनीति

प्रधानमन्त्रीको व्यङ्ग्यात्मक स्टाटस: मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न?, शिक्षामन्त्रीको जवाफ-म्यासेज गर्दिम?



प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्।

शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्- ‘मलाई पनि एम्बेसेडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न ??’

प्रधानमन्त्री शाहले यो स्टाटस कुन सन्दर्भलाई लिएर लेखेका हुन् भन्ने कुरा स्पष्ट रूपमा खुलाएका छैनन्।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार ०९:५९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।