Logo

अर्थ

महिला लघुवित्तको साढे ८४ हजार कित्ता सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ



काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ८४ हजार ५३७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ।

यो सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद निवेदन दिनुपर्नेछ।

बोलपत्र काठमाडौंको कमलादीस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ७ गते दिउँसो ३ बजेसम्म रहेको कम्पनीले बताएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार १०:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।