काठमाडाैं । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान खाताको विवरण अद्यावधिक (केवाईसी) गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले जारी गरेको सूचनाअनुसार कम्पनीको सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब नयाँ हितग्राही (डिम्याट) खाता खोल्ने तथा पुराना खाताको केवाईसी विवरण अद्यावधिक गर्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
सीडीएससीका अनुसार पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ । लगानीकर्ताको एकीकृत पहिचान सुनिश्चित गर्न, दोहोरो खाता तथा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्न र पूँजीबजार प्रणालीलाई थप प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्रलाई प्रणालीसँग आबद्ध गर्न लागिएको हो ।




















प्रतिक्रिया