काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ८ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
योसँगै आज सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा ३३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको ५२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया