Logo

समाचार

सूर्यदर्शन सहकारी प्रकरण : १७ करोड बिगो तिर्ने कबुलपछि ५ लाख धरौटीमा छुटे महेन्द्र भोटे



पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन्।

कास्की जिल्ला अदालतले आइतबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका न्यायाधीश हिमलाल बेल्बासे को इजलासले उक्त आदेश दिएको हो।

भोटेले १७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि अदालतले धरौटीमा रिहा गर्ने निर्णय गरेको जनाएको छ। आदेशअनुसार उनले ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार १८:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।