Logo

राजनीति

सुदूरपश्चिम सरकारमा कांग्रेसका ५ मन्त्रीको टुङ्गो, आजै शपथ हुने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम नेपाली कांग्रेसले टुङ्गो लगाएको छ। मन्त्री हेरफेरअन्तर्गत पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न लागिएको हो।

जसअनुसार कांग्रेसबाट बेलबहादुर राना मगर (कञ्चनपुर), मानवहादुर रावल (अछाम), जुना दानी (बाजुरा) छन् । उनीहरु तीनै जना दिवानसिंह बिष्ट पक्षका हुन् ।

यसैगरी मुख्यमन्त्री कमलबहादुर शाह पक्षका दुई जना मन्त्री हुँदैछन् । जसअनुसार विक्रमसिंह धामी (दार्चुला) र मधु भारती (कञ्चनपुर) छन् ।

पार्टीभित्रको सन्तुलन मिलाउन दिवानसिंह बिष्ट र मुख्यमन्त्री कमलबहादुर शाह दुवै पक्षबाट मन्त्री चयन गरिएको बताइएको छ।

नवनियुक्त मन्त्रीहरुको शपथ आजै साँझ ६ बजे हुने बताइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार १८:१४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।