Logo

प्रमुख समाचार

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, शपथ आजै



काठमाडाैं । सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । उनकाे आजै ३ बजे शपथ हुने भएको छ ।

शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनीमाथि छानबिन गर्न सरकारले समिति बनाएको थियो । समितिले क्लिन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार १२:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।