Logo

प्रमुख समाचार

मन्त्रिपरिषद्का ४ निर्णय: सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने, जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने



काठमाडौं। मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेकाे जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
-तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र सिम्बोतादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।
-सामान्य प्रशासन मन्त्रालयबाट रहेको छ । निजामती सेवा १६ औं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।
-विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गर्ने ।
-पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार १२:३४   :  बजे

2.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।