Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने छन् ।

सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने कार्यसूची छ ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ ।

बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यसूची छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ०८:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।