Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक सर्‍याे



काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयमा सुरु हुन सकेन ।

दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ ।

सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेकाले संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको सम्बन्धी सूचना निकालेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १३:२४   :  बजे

285
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।