Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब २९ करोडमाथिको कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.५७ अंकले बढेर २,७३६ को विन्दुमा कायम भएको छ ।

आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८.७१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १५:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।