Logo

Sports

आज उद्घाटन हुँदै छ फिफा विश्वकप



काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा हेरिएको छ।

यसपटक प्रतियोगितामा ४८ राष्ट्र सहभागी छन्। जुलाई १९ सम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। साविक विजेता अर्जेन्टिनासहित ब्राजिल, फ्रान्स र जर्मनी उपाधिका प्रमुख दाबेदार मानिएका छन्।

उद्घाटन खेल मेक्सिकोको ऐतिहासिक एस्टाडियो एज्टेका रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। नेपाली समयअनुसार खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ।

विश्वभरका फुटबल समर्थकहरू विश्वकपको माहोलमा रमाइरहेका छन्। यस संस्करणलाई विश्वको कुल जनसंख्याको ५८ प्रतिशतले हेर्ने अनुमान गरिएको छ।

प्रतियोगिताको फाइनल जुलाई १९ मा अमेरिकाको न्यूयोर्कमा हुनेछ, जहाँबाट विश्वकप २०२६ को समापन हुनेछ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार ०७:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।