काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारलगायत अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको भाउ बुधबार पनि घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो।
यस्तै, युरो १ को खरिददर १७५ रुपैयाँ ६१ पैसा, पाउन्ड स्ट्रलिङ २०३ रुपैयाँ ६२ पैसा र अस्ट्रेलियन डलर १०६ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। अस्ट्रेलियन डलरको विनिमयदर पछिल्ला केही दिनदेखि लगातार घट्दो क्रममा छ।
त्यसैगरी कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ १३ पैसा र बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक पर्न सक्नेछ।




















प्रतिक्रिया