काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ८.१४ अंकले घटेर २,७२८ को विन्दुमा कायम भएको छ ।
आज ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटी होटलको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोपान फर्मास्यूटिकल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १३.५१ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया