काठमाडौं। बैंकिङ कसुर अभियाेगमा चार व्यापारीमाथि ४२ कराेड १४ बढी बिगाे कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर भएकाे छ ।
उच्च सरकारी वकिल कार्यालयले बिहीबार शंकर समूहका अध्यक्ष शंकरलाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल तथा इन्फिनिटी हाेल्डिङ्सका अध्यक्ष भट्टविरूद्द ४२ कराेड १४ लाख ८८ हजार ८०७ रूपैयाँ बिगाे कायम गरी कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरेकाे हाे ।
विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले उनीहरूविरुद्ध अभियाेगपत्र दायर भएकाे बताएका हुन् ।
प्रतिवादी चारमध्ये भट्ट र सुलभ हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे हिरासतमा छन् ।
चारजना प्रतिवादी रहेकाे याे मुद्दाकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले अनुसन्धान सकेर गत साता नै प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाएकाे थियाे ।




















प्रतिक्रिया