काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन हुन नसक्ने ‘फुकेको बेलुन’को संज्ञा दिएका छन् ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारको बजेट निर्माण र यसको प्राथमिकतामाथि कडा आलोचना गरेका हुन् ।
सांसद सिंहले भने, ‘साउथ एसियामा कुनै देश छैन- जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा एउटा ठूलो फुकेको बेलुन हो,’ उनले भने, ‘फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ? मलाई विश्वास छैन । अरू साथीहरूलाई होला ।’
बजेटले देशका वास्तविक समस्या र गरिब जनतालाई सम्बोधन गर्न नसकेको उनले टिप्पणी गरेका छन् ।
बजेटमा आम नागरिक र युवा वर्ग उपेक्षामा परेको तर सीमित कर्मचारी वर्गलाई मात्रै फाइदा पुर्याइएको दाबी गर्दै उनले प्रश्न गरे, ‘बजेटमा युवालाई कति रोजगारी दिने कुरा आयो ? गरिबले के पायो ? कर्मचारीले पायो ।
उनीहरूको तलब बढ्यो । कर्मचारी कति छ ? गरिब कति छ ?’ यसैगरी, बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।




















प्रतिक्रिया