Logo

Sports

फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेलेका छन् ।

शनिबार न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा भएको खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेका हुन् ।

खेलको २१औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै १-० को अग्रता दिलाएका थिए ।

ब्राजिलले खेलको ३२ औं मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै खेललाई १-१ को बराबरी बनाएका थिए ।

पहिलो खेलमा दुवै टोलीले एक–एक अंक जोडेका छन् । ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार ०९:०७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।