Logo

समाचार

एआई रूपान्तरणमा गल्ती भएको जुकरबर्गको स्वीकारोक्ति, थप कर्मचारी कटौती नहुने दाबी



काठमाडौं। मेटाका सीईओ मार्क जुकरबर्गले कम्पनीलाई एआई केन्द्रित बनाउने क्रममा केही गल्ती भएको स्वीकार गरेका छन्।

रोयटर्सले प्राप्त गरेको आन्तरिक मेमोमा उनले एआई रूपान्तरणको जटिलताका कारण भविष्यमा पनि यस्ता गल्ती दोहोरिन सक्ने बताएका हुन्।

मेटाले हाल एआई पूर्वाधार र प्रविधिमा अर्बौं डलर लगानी गरिरहेको छ। गत मे महिनामा कम्पनीले १० प्रतिशत कर्मचारी कटौती गर्दै ७ हजार कर्मचारीलाई एआईसँग सम्बन्धित नयाँ जिम्मेवारीमा स्थानान्तरण गरेको थियो।

जुकरबर्गले यस वर्ष थप कर्मचारी कटौती नहुने र प्रभावित कर्मचारीका लागि नयाँ भूमिका खोजिने बताएका छन्।

कम्पनीले व्यवस्थापकहरूको कार्यभार घटाउने तथा कर्मचारीबीच सहकार्य बढाउन कर्पोरेट कार्यक्रम र इभेन्टहरूको बजेटसमेत बढाउने योजना बनाएको छ।

आगामी जुलाईमा ठूलो ‘ह्याकाथन’ आयोजना गर्ने तयारी पनि मेटाले गरेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार ०९:४९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।