Logo

राजनीति

म इमानदार मानिस हुँ: दुर्गा प्रसाईं



काठमाडाैं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले देश निर्माणको जिम्मेवारी गम्भीर विषय भएको बताए । प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूहरूले सत्य कुरा उठाउँदा पनि विभिन्न आरोप र आलोचनाको सामना गर्नु परेको उल्लेख गरे ।

‘हामीलाई जहिले पनि अराजक भन्ने गरिन्छ । तर इमानदार मानिस कसैसँग डराउनु पर्दैन। म बेइमान होइन, इमानदार मानिस हुँ,’ प्रसाईंले भने, ‘झुट बोलेर घर बनाउनु छैन, गाडी चढ्नु छैन । हामीसँग आवश्यक सबै कुरा छ ।’

प्रसाईंले इमानदारी र सत्यनिष्ठाका आधारमा देश र समाज परिवर्तनको अभियान अघि बढाइने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार १४:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।